662 views 0 secs 0 comments

भीमफेदी कारागारबाट कैदी भागे…

In समाज
१ मंसिर २०७६, आईतवार ११:४९

कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् । सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् ।
सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए । राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ ।