35 views 7 secs 0 comments

जनमुक्ति सेनाका कमाण्डर वीर अस्पताल भर्ना उपचारमा सहयोगको लागि अपील

In समाज
१४ कार्तिक २०८०, मंगलवार १०:४९

कार्तिक १४,काठमाडौं । जनयुद्धका घाइते भक्त रानामगरको स्वास्थ्यमा समस्या देखा परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ । काभ्रेको महाभारत गाउँपालिका- ६ का रानामगर जनमुक्ति सेनाका कमाण्डर पनि हुन् ।

मकवानपुरको झुरझुरेमा भएको लडाइँमा टाउकोमा गोली तथा छर्ला लागेर रानामगर घाइते भएका थिए । समस्या बल्झिदै गएपछि दुबै खुट्टा समेत काट्नु परेको थियो ।

जीवनसाथी वर्षा रानामगरका अनुसार पछिल्लो समय भक्तको शरीरमा छाला सम्बन्धी समस्या देखा परेको थियो । उपचार सुरु भएपछि स्वास्थ्यमा सुधार आएको छ ।

अस्पतालमा राखेर थप उपचार जारी राख्नु पर्ने भएकोले क्याविनामा सार्ने तयारी भइरहेको वर्षाले जानकारी दिइन् ।

हिटडुल गर्न नसक्ने अवस्थामा रहेका भक्तको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् ।

 

भक्तको उपचारमा अहिले सहयोग जुट्न सुरु भएको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी पुन र डम्बर विष्टले सहयोग अभियान सुरु गरेका थिए ।

सहयोग गर्न चाहने व्यक्तिहरुले सिदार्थ बैंकमा रहेको वर्षा रानामगरको खाता नम्बर वा भेटेर सहयोग गर्न सकिनेछ ।

Account holders Name: Barsha rana magar

Bank : Siddhartha bank LTD

Account No: 00615190004

सम्पर्क नम्बर : 9801316895