गैंडाकोटमा २ जना पुरुषको शव भेटियो

In स्वास्थ्य/जीवनशैली
१४ कार्तिक २०८०, मंगलवार १२:१६

१४ कार्तिक, नवलपुर ।

पूर्वी नवलपरासीमा २ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट १३ अविनास ह्याचरी निर नारायणी नदी किनारमा १ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

नाम थर नखुलेको पुरुष व्यक्तिको शव नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो । मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भरतपुर पठाइएको जनाइएको छ ।

त्यसैगरी यता जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालय नजिकै कावासोती ८ मा एक जना पुरुषको शव फेला परेको छ । हिजो साँझसम्म कावासोतीमा घुमिरहेका अन्दाजी ४०-४५ बर्षीय मधेषी मुलका जस्ता देखिने एक जना पुरुषको आज मृत अवस्शथामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलले बताए।