582 views 0 secs 0 comments

अब जनताको मत र मन बदलिनुपर्छ : रवीन्द्र मिश्र

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:३४

धनगढी : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्।

मंगलबार यहाँ आयोजित पार्टीको चुनावी सभामा उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’

संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।