460 views 0 secs 0 comments

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ…

In देश
७ पुष २०७६, सोमबार ११:४४

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने  तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित  बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । 
प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो ।