512 views 0 secs 0 comments

सुन चाँदीको मूल्य बढ्यो…

In देश
७ पुष २०७६, सोमबार १२:००

सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । 
आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो । 
यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । 
यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा  ८५५ मा कारोबार भएको थियो ।