613 views 0 secs 0 comments

दाङबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ…

In समाज
१ मंसिर २०७६, आईतवार १६:४२

प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इञ्चार्ज नीमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।