
सुशील पन्थी
रेसुङ्गा , असोज २१ । गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा बढि मात्रमा महिला रहेको एक सरकारी तथ्याङकले देखाएको छ । हरेक बर्षको १० अक्टुबारमा मनाईने बिश्व मानसिक स्वास्थ्य दिवस मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा मनाईयो । यस अवसरमा जिल्ला स्वाथ्य कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङकमा यस जिल्लामा मानसिक स्वास्थ्य समस्यामा पुरुष भन्दा झण्डै दोब्बर महिला रहेको देखाएको हो ।
यस जिल्लामा गत एक बर्षमा कुल ७६८ जनामा मानसिक समस्याको पहिचान भएकोमा पुरुष २५२ र महिला ५१६ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय र रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजना र काठमाण्डौ ईन्ष्टिच्युट अफ हेल्थ ( कोच ) काठमाण्डौको सहयोगमा मनाईएको बिश्व मानसिक स्वास्थ्य दिवसमा नेपालभर १० प्रतिशत व्यसक मानिसमा कुन न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको तथ्याङकमा उल्लेख छ ।
आत्माहत्या बृद्धिमा मानसिक समस्या पनि एक भएको बताउँदै जिल्ला प्रहरी प्रमुख नविनकिशोर प्रधानले आत्माहत्या गर्नेमा देशभर लुम्विनी प्रदेश तेश्रो , पाल्पा जिल्ला पहिलो र गुल्मी तेश्रो स्थानमा रहेको जानकारी दिए ।
त्यस अवसरमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सार्वाजाकि गरेको तथ्याङकले मानसिक समस्याको शिकार बढि मात्रमा सम्पन्न परिवार हुने गरेको देखाएको हो । जनस्वासथ्य अधिकृत पशुपति आचार्यद्धारा प्रस्तुत तथ्याङकमा बिश्वभर कुल जनसंख्याको १३ प्रतिशत मानिसमा मानसिक समस्या देखिएको छ । ति मध्ये बढि मात्रमा विकासित मुलक र सम्पन्न परिवारमा देखिएको छ । पुरुष भन्दा बढि मात्रमा महिलामा मानसिक समस्या देखिएको आचार्यले बताए ।
गुल्मीको हकमा गत एक बर्षमा कुल ७६८ जनामा मानसिक समस्याको पहिचान भएकोमा पुरुष २५२ र महिला ५१६ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालको संयुक्त आयोजना र काठमाण्डौ ईन्ष्टिच्युट अफ हेल्थ ( कोच ) काठमाण्डौको सहयोगमा मनाईएको बिश्व मानसिक स्वास्थ्य दिवसमा नेपालभर १० प्रतिशत तन्नेरी उमेरका मानिसमा कुन न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । आत्माहत्या बृद्धिमा मानसिक समस्या पनि एक भएको बताउँदै जिल्ला प्रहरी प्रमुख नविनकिशोर प्रधानले आत्माहत्या गर्नेमा देशभर लुम्विनी प्रदेश तेश्रो , पाल्पा जिल्ला पहिलो र गुल्मी तेश्रो स्थानमा रहेको बताए ।
कार्यक्रममा गुल्मी अस्पतालका निमित्त मेसु तथा हाडजोर्नी बिशेषज्ञ डाक्टर प्रदिप शिवाकोटीले बिश्व मानसिक समस्या दिवसको महत्वपारे प्रकाश पार्दै हरेक मानिसले आफुलाई चिन्नु पर्ने अर्थात, आफुमा मानसिक वा अन्य स्वास्थ्य समस्या के छ भनेर पहिचान गराई बेलैमा उपचार गराउनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले मानसिक समस्याबाट मुक्त हुने एउटा माध्यम शाररिक ब्याम र योगा भएकोले हरेकले दिनहु विान योगामा सहभागि हुन सुझाएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डे लगायतको आतिथ्यता थियो । डाक्टर शिवाकोटीको अध्यक्षता र स्वाथ्य स्वास्थ्य अधिकृत बोम अर्यालको सञ्चालन रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाभरीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेवीकाहरुको सहभागिता थियो ।