
काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।
टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।