782 views 4 secs 0 comments

कुन प्रदेशमा कति क्षेत्र र कति मतदाता ?

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १२:४७

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा – २०७४ बाट ५ वर्षका लागि २७५ प्रतिनिधिसभा सदस्य र ५५० प्रदेशसभा सदस्य चुनिँदै छन्। त्यसमध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुनिने छन्। यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसद चुनिने छन्। यसका लागि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा पहिलो चरणमा मंसिर १० गते नै निर्वाचन भइसकेको छ। बाँकी ४५ जिल्लाका १२८ प्रतिनिधिसभा तथा २५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ। ७ वटा प्रदेशमा कति-कति जिल्ला, कति निर्वाचन क्षेत्र र कति मतदाता छन्? माथिको इन्फोग्राफिक्समा हेर्नसक्नुहुन्छ।
Read more at: http://thahakhabar.com/news/27693