थाहा संवाददाता | १ घण्टा अघि मंसिर २२, २०७४ मनोज भट्टराई- ओखलढुंगा : ओखलढुंगामा संघीय प्रतिनिधिसभाको तीन गाउँपालिकाको मत गणना सकिँदा नेपाली कांग्रेसका रामहरि खतिवडाले मतान्तरलाई कम गर्दै लगेका छन्। खतिवडा सुरुआती चरणबाट एमालेका यज्ञराज सुनुवारभन्दा पछि परेका थिए। लिखु गाउँपालिकाबाट पछि परेका खतिवडाले चम्पादेवी र सुनकोसीको मत गनिसक्दा मतान्तरलाई ९ सय ६५ मा झारेका छन्। सुनुवारले ११ हजार ५१ मत पाएका छन् भने खतिवडाले १० हजार ८६ मत ल्याएका छन्। प्रदेशसभामा भने ‘क’ बाट गणना गरिएको छ। प्रदेश ‘क’ को चिसंखुगढी र सिद्धिचरण नपाको मत गणना सकिँदा वाम गठबन्धनका अम्बिरबाबु गुरुङले १० हजार ९ सय ६१ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालको ६ हजार ३३ मत रहेको छRead more at: http://thahakhabar.com/news/27811
