564 views 3 secs 0 comments

काठमाडौंका १० वटै क्षेत्रका मतगणना सुरु, कुन क्षेत्रको कहाँ?

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १२:४३

काठमाडौं : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना शुक्रबार बिहान करिब ११ बजेबाट सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न भएसँगै काठमाडौंको सबै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिएको हो। क्षेत्र नम्बर १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहबाट सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलकै नेतृत्वमा मतगणना सुरु भएको छ। त्यसैगरी, क्षेत्र नम्बर ५ र ७ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विकास तालिम केन्द्रको हलमा सुरु भएको छ भने क्षेत्र नम्बर ६ को मतगणना बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर ९ तथा १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट सुरु भएको छ। मतगणना स्थल वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोगले ४ दिन भित्र प्रत्यक्षतर्फ र ८ दिन भित्र समानुपातिक तर्फको समेत मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ
Read more at: http://thahakhabar.com/news/27817