
दीक्षित अर्याल , मध्यविन्दु नगरपालिका ४ नवलपुर ।
२३ असोज ।
कथा ,कविता र उपन्यास समयानुकूल भए पढिन्छ तर नाटक चाहिँ हेर्नू त परैकाे कुरा खासै पढेकाे पनि थिइन मैले । गाेपाल प्रसाद रिमालकाे मसान नाटक किताबमै मात्र दृश्य १ दृश्य २ हेरेकाे भन्दा पनि पढेकाे हाे तर थिएटरमा गएर नाटक हेर्ने दिन जुरेकाे थिएन मेरालागि । भगवानकाे कृपा भनाैँ या अनेरास्ववियुकाे जीवनमा पहिलाेपटक “कालाे अक्षर राताे अक्षर” नामक नाटक थिएटरमा हेर्ने माैका मिल्याे ।
घण्टाघरबाट गाडी चढी बत्तिसपुतलीकाे शिल्पी थिएटरसम्मकाे यात्रामा हृदयकाे अन्तस्करणमा नाटक कस्ताे हाेला ? भन्ने काैतुहलता जागिरहेकाे थियाे । नाटकघरकाे भीड देख्दा , ५ बजेकाे पहिलाे शाे हेर्न नपाउँदा लाग्याे नाटक अद्भुत र अद्वितीय छ। धैर्यताकाे पाठ पढ्दै आएपनि कतिबेला पहिलाे शाे सकिन्छ र !दाेस्राे शाे हेर्न पाइन्छ हाेला भनेर मन अत्तालिदै थियाे प्रतीक्षामा भएर हाेला २ घण्टा पनि चार घण्टा जस्तै लाग्याे मलाई ।
थिएटरमा पास देखाउदै भित्र छिरेपछि सुरु भयाे मेराे प्रतीक्षाकाे फल कालाे अक्षर र राताे अक्षर । नाटक सुरु हुुनुपूर्व त्याे कालाे मञ्च मेराे वाल्यकालकाे भूत बस्ने ठाउँजस्तै लाग्याे मलाई । कलाकारकाे उपस्थिति पश्चात् प्रकाश छायाे मञ्चमा । हिमाल पहाड र तराईमा बसाेबास गर्ने मानिसकाे बाेलिचालाई नाटकमा संवाद गरिएकाे देख्दा सम्पुर्ण नेपाली र तिनकाे पीडालाई चित्रण रहेकाे अनुभूति भयाे मलाई । तानशाही राणा शासनकाे अन्त्य भएपनि शिक्षाकालागि पहिलाे पटक विद्यार्थीले सुरु गरेकाे “जयतु संस्कृतम् ” आन्दाेलनदेखि हालसम्म जतिवटा आन्दाेलन भएपनि, लिखित रुपमा संविधानमा निशुल्क शिक्षाकाे व्यवस्था रहेपनि व्यवहारमा कहिलेपनि निशुल्क शिक्षा प्रणाली लागू हुन नसकेकाे , सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाकाे अभावका कारण परिवारले दिनरात नभनी खाइनखाइ आफ्ना छाेराछाेरीलाई चर्काे शुल्कमा निजी स्कूलमा पढाउन वाध्य रहेकाे , लाखाैँ खर्च गरेर पढाएकाे सैद्धान्तिक शिक्षा व्यवहारमा कहिल्यै जीवनाेपयाेगी हुन नसकेकाे घरेलु हिंसा , लैङ्गिक विभेद , दाइजाे प्रथा जस्ता सामाजिक समस्याका बारेमा पढाएपनि समस्याकाे समाधान कहिल्यै नसिकाइएकाे, निर्मला पन्त जस्ता निर्दाेष वालिकाले कहिल्यै न्याय नपाएकाे ,अरुकाे जीवनी र जन्ममृत्यु सुगालाई रटाएसरि रटाएपनि आफ्नाे जीवन जिउन कहिल्यै नसिकाइएकाे गम्भीर विषयबस्तुलाई गहिराेरुपले उठाइएकाे रहेछ यस नाटकमा । यसका विरुद्ध आवाज उठाउन सत्तापक्षलाई झक्झकाउन सङ्गीत ,अङ्किता र आशीष पात्र देखापरेका छन् नाटकमा। परिवर्तनकाे विगुल छर्न , वर्तमान शिक्षा प्रणालीलाई परिमार्जित गर्न , निशुल्क शिक्षाकाे व्यवस्था गर्न दृढ प्रतिज्ञाका साथ लागिपरेका छन् पात्रहरु। सत्तामा रहेका नेताहरु व्यक्तिगत स्वार्थकालागि लाेभमा परि विद्यालयलाई व्यापसायका रुपमा प्रयाेग गरेका व्यक्तिसङ्ग छुट्टै वार्ता बसि आन्दाेलनलाई राक्ने प्रतिबद्धता जनाउँदै आन्दाेलनमा सहभागी हुनेलाई पिट्न आदेश दिई पछि घाइतेलाई भेट्न गई आन्दाेलनमा हाम्राे ऐक्यबद्धता छ घाइतेकाे उपचार खर्च सरकारले बेहाेर्छ भन्दै खाेक्राे भाषण गर्ने वर्तमान नेताकाे व्यवहार कटुसत्यलाई हर्ष , दु : ख , प्रेमका माध्यमबाट पस्किएकाे छ नाटकमा। नाटकका प्रत्येक संवाद र कलकारकाे प्रस्तुतीले मनलाई तरङ्गित बनाउँछ। । वाद्यवादन र गीतले पनि नाटकलाई राेमञ्चक बनाउन सुनमा सुगन्ध छरेका छन् । परिवर्तनकाे हुटहुटी बाेकेर रणभूमिमा हाेमिएका निम्न वर्गीय परिवारका याेद्धालाई आर्थिक प्रलाेभन देखाई आन्दाेलन राेक्न आदेश दिन समेत नेताहरु पछि पर्दैनन् । आन्दाेलनमा लागेका परिवर्तनकारीहरु आर्थिक अभावका कारण प्रलाेभनमा परि नचाहदा नचाहादैपनि परिवर्तनकाे क्रान्तिकारी रणभूमिमा खुट्टा कमाउन बाध्य हुन्छन् भनी सहायक पात्रका माध्यमबाट चित्रण गरिएकाे छ । देशमै विश्वविद्यालय भएपनि गुणस्तरीय र व्यवहारिक शिक्षाकाे अभावका कारण लाखाैँ युवा विदेसिन बाध्य भएकाे कुरा शिक्षामा परिवर्तन आउनसक्दैन भनी हार खाइ विदेसिएकाे आशीष पात्रका माध्यमबाट प्रस्तुत गरिएकाे छ।
जीवनकाे अन्तिमघडिसम्म पनि शिक्षा र परिवर्तनका निम्ति लड्ने भीष्मप्रतिज्ञा गरेका सङ्गीत र अङ्किता साथीहरुसङ्ग मिलेर आन्दाेलन गर्ने क्रममा सङ्गीतले आफूलाई मृत्युवरण गर्न समेत पछि पर्दैन “वियाेगान्तं न नाटकम् ” अर्थात् वियाेगमा पूर्णविराम लिने नाटक हुँदैन भन्ने भनाईलाई नै पूर्णविराम दिने पहलमान सिंहकाे “अटलबहादुर” नाटककाे प्रतीकका रुपमा याे नाटक देखा परेकाे छ। हामीले पढेकाे सैद्धान्तिक शिक्षा केवल पढ्न सकेपनि कालाे अक्षर जस्तै छ । कलमरुपि क्रान्तिले परिवर्तन सम्भव नभएपनि आफ्नाे अमूल्य ज्यानकाे प्रवाह नगरि ज्यानकाे बाजि लगाई राताे रगत बगाएर भएपनि जीवनाेपयाेगी शिक्षा र व्यवहारिक शिक्षा लागु गर्नुपर्छ र रगतले भएपनि सुनाैलाे अक्षरमा निशुल्क र व्यावहारिक शिक्षामा जाेडदिन सरकारसामु क्रान्तिकारी रुपमै स्थापित हुन पछि हट्नु हुदैन भन्ने प्रगतिवादी धारालाई यस नाटकले अवलम्बन गरेकाे छ।
द्रष्टव्य : आर के राेमसकाे लेखन र समिक बडालकाे परिकल्पना रहेकाे यस नाटकमा शिक्षा प्रणालीले हाम्राे संरचनामा पारेकाे प्रभाव , युवाहरुकाे विदेसिने बाध्यता , विद्यार्थी आन्दाेलन भित्रकाे समस्यालगायतका विषय उठाइएकाे छ।
यस्ताे समयसान्दर्भिक नाटक सबैले हेर्नै पर्ने नाटक हाे नाटक हेर्ने वातावरण सिर्जना गर्ने आयाेजक टिम लेखक , कलाकार र नाटक हेर्ने सबैमा हृदयकाे अन्तस्करण देखि सम्मान सहित नाटक हेर्न नजानु भएका सम्पुर्णमा जति सक्दाे चाडै शिल्पी थिएटरमा नाटक हेर्न जान आग्रह गर्छु । यस्तै अर्काे नाटकमा हामी फेरि भेट्ने छाैँ लेखक र आयाेजकटिमलाई अर्काे नाटककालागि शुभकामना।