11 views 0 secs 0 comments

“आफैलाई पढाउने सरले पाँच बर्ष सम्म यौन शोषण गरे”

In समाज
२३ आश्विन २०८०, मंगलवार १३:२५

प्रेम  सुनार

गुल्मी  ,  असोज  २१ 

मङ्ग्लबार  दिउँसो एक  महिलाको  फोन  आयो    घर  गुल्मी  बताईन    पूरा  ठेगना    नाम  गोप्य  राख्दै  गुल्मीकै  एक  बिध्यालयका  शिक्षकलाई जागिरबाट   निकाल्न    सहयोग  गरिदिन  आग्राह  गरिन    किन  ?  भन्ने  प्रश्नमा  उनले  स्कुले  जिवनमा  आफैले  पढाउने  शिक्षकले विवाह  गर्ने  प्रलोभनमा  आफुलाई  पाँच बर्ष  सम्म  यौन  शोषण गरेको  ह्रुदयविदारक  कथा  सुनाईन    उनको  विवाह  भइसकेको  रहेछ    नाम  ठेगना  खोलेर  मिडियामा  बोल्दा  घर  श्रीमानले  थाह पाउने  ,  घर  बिग्रने  डर सुनाईन    ती  शिक्षकलाई प्रहरी  चौकी  सम्म  पुराएको र करिव    लाखमा मिलापत्र  गरेको  बताउदै  उनले  भनिन,  त्यसरी मिलापत्र  गरे पनि  आफू  माथिको  त्यो शोषणको  इख  नमरेको  उनको  आशय  थियो    उनले  त्यस्ता  शिक्षकलाई  किन  अझै  त्यसै  बिध्यालयमा  राखिएको    ?  भन्ने  प्रतिप्रश्न गर्दै  तत्काल  निकाल्नका  लागि  सहयोगको  आग्राह  गरिन 

उनको  पीडा  सुनेपछी  निकै भावुक    चिन्तित  बनायो    आफुलाई  पढाउने  शिक्षक,  शिक्षिकालाई  गुरुबा    गुरुआमा  पुजिन्छ तर  यो  बिडम्बना  यस्तो    कतिपय छात्राहरु  त्यस्ता  नरपिचासहरु बाट  यौन  शोषणमा  परेको  सुन्नु पर्छ    बिगतमा  त्यस्ता  केहि  शिक्षक  छात्रालाई  यौनशोषण  गरेको  आरोपमा  कानुनी  कठघरमा  परे   तर  यी  महिला भने  पैसामा मिलापत्र  गरे भन्छिन्    त्यसो  नगरेर  कानुन  अनुसार अगाडि  बढेको भए  अरु  त्यस्ता  छात्राहरु  ती  नरपिचासहरुको सिकार  हुनबाट  बच्ने  थिए    कृपयाबहिनीहरु  तपाईं माथी  कसैबाट  त्यस्तै शोषण  भएको  भने  दवाएर नराख्नुहोस्    ललाई  फकाई  वा  दवावमा मिलापत्र नगर्नुहोस्  ,  दोषीलाई कानुनी  कठघरामा उभ्याउनै पर्छ ।