7 views 0 secs 0 comments

आजदेखि सञ्चालनमा आउँदैछ मुस्ताङको कोरला नाका

In देश, विश्व, समाज
२७ कार्तिक २०८०, सोमबार १०:५०

२७ कार्तिक ,काठमाडौँ।

मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ। ।

बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए ।

कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो। विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो । नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल९चीन सिमानाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन प्रवेश अनुमतिपत्र’ वितरण गरिएको मुस्ताङ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।