1385 views 0 secs 0 comments

एकै परिवारका ६ जनाको हत्या : प्रहरी घटना स्थल पुग्दै

In समाज
२१ भाद्र २०७८, सोमबार १२:१६

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । 
घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । 
थप  विवरण आउन बाँकी रहेको छ ।