
पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् ।
गण्डकबाट वीरगंजतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको जिप राति सवा ११ बजे सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।