
सोमबार दिउँसो पाल्पाको माथागढी गाउँपालिकामा बस र ट्याक्सी एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
स्याङ्गजाबाट पाल्पातर्फ आउँदै गरेको ग १ ज १८८० नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ५१९१ नम्वरको बस एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार चार जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । घाईते हुनेमा स्याङ्गजाको बिरुवा गाउँपालिका २ का ४० बर्षीय जसबहादुर गुरुङ्ग , पुतलीबजार नगरपालिका वडा नम्वर १२ का ६० बर्षीय योगीमोती गुरुङ्ग , सोही नगरपालिका वडा नम्वर २ का ४३ बर्षीय ( चालक ) जुम प्रसाद गुरुङ्ग र सोही स्थानका २४ बर्षीया कृष्णमाया गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।