
इलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीबाट २८ जुवाडेलाई प्रकाउ गरेको छ ।
गोदावरी नगरपालिका-७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो ।
जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति २८ जना जुवाडेलाई एक लाख ५६ हजार ३८२ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षिक प्रकाशसिंह कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐनअनुसार कारवाही गरिने प्रहरी निरीक्षक कार्कीले बताए ।