542 views 0 secs 0 comments

एक किलो सुन सहित चिनियाँ नागरिक पक्राउ…

In देश
१४ मंसिर २०७६, शनिबार १५:२१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक चिनियाँ  पक्राउ परेका छन् । पक्राउ पर्नेमा  २२ वर्षीय  सा लुतुई रहेका छन्  ।
तिब्बत एयरको उडानद्धारा काठमाडौं आएका उनलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।