काठमाडौं– धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुको अवरोधका कारण रोकिएको मतदान सुरु भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले अहिले स्थिति नियन्त्रणमा लिइएको जानकारी दिँदै बिहान १० बजेदेखि मतदान सुरु भएको बताए ।
उनका अनुसार लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका मतदातालाई मतदान केन्द्रमा जान रोकेपनि मतदान सुरु हुन सकेको थिए । वाम गठबन्धन समर्थक मतदातामाथि मतदान केन्द्रम जान रोक्दै ढुंगामुढा भएको उनले जानकारी दिए । यद्यपी अहिलेसम्म कोहि घाइते भएको जानकारी प्राप्त नभएको उनले बताए ।
प्रजिअ भण्डारीले अहिले सो क्षेत्रमा थप सुरक्षा बल पठाइएको जानकारी दिए ।