589 views 0 secs 0 comments

रुकुमका दुई मतदान केन्द्रमा आज पुनः निर्वाचन

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:३९

रुकुम : गत मंसिर १० गते मतदान स्थगित गरिएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बाफीकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित रत्न आधारभुत विद्यालय र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको ‘ख’ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आठबिसकोट प्रदेश र प्रनिधिसभातर्फको समानुपातिक र बाफीकोट गाउँपालिकामा प्रतिनिधि सभा सदस्यको लागि आज निर्वाचन भइरहेको रत्न आधारभुत विद्यालय काडाका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

बाफीकोटमा २८६ र आठबिसकोटमा ३०३ मत खसेपछि मटपेटिकामा आगलागी भएको थियो । आगलागीपश्चात मतदान रोकिएको थियो । पक्राउ परेको आरोपमा कांग्रेस आठबिसकोट नगर ससिमितिले आजको चुनाव बहिष्कार गर्ने निर्णय गरेपनि कांग्रेस जिल्लाले प्रतिनिधि पठाएर चुनावमा सहभागी भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

एसिड हालेको आरोपमा कांग्रेसका प्रतिनिधि केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।