649 views 0 secs 0 comments

मिनेन्द्र रिजालले मोरङमा बचाए काङ्ग्रेसको इतिहास र गिरिजाबाबुको बिरासत

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १६:३३

नेपाली काङ्ग्रेसको इतिहास अनि बिरासतको उद्गम स्थल मानिएको मोरङ जिल्ला उर्फ स्व. गिरिजाप्रसाद कोइरालाको राजनैतिक पृष्ठभुमि अनि उहाँलाई पटकपटक प्रधानमन्त्री बनाएको जिल्ला ।

भनिन्थ्यो काङ्ग्रेसको गठ तर त्यो अवश्था अब रहेन। मोरङ जिल्लामा रहेको छ वटा क्षेत्र मध्ये ५ वटामा वाम गठबन्धनले बाजि मारेको छ भने जम्मा मोरङ क्षेत्र न. २ मा मात्र काङ्ग्रेस बिजयी भएको छ जुन गिरिजा बाबू पटक पटक बिजयी भएका थिए। तर गत संविधान सभाको चुनावमा एमालेका ऋषिकेश पोखरेलले आमोदप्रसाद उपाध्यलाई पराजित गरेका थिए। अहिले उहीँ ऋषिकेश काङ्ग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका छन । अब यो जितले नै गिरिजाबाबूको बिरासत बचाएको छ ।

२,५५० मतकाे अन्तरले जित हासिल गर्नु भएकाे छ।