555 views 0 secs 0 comments

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित अस्पतालमा…

In देश, समाज
३ पुष २०७६, बिहीबार १६:२४

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिदै आएको छ ।  प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले औषधि सेवन गर्दै आएका छन् ।