476 views 0 secs 0 comments

बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन कारावासको सजाय…

In समाज
२ आश्विन २०७६, बिहीबार ११:५३

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत, धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।
सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।