726 views 0 secs 0 comments

माहाकाली नदीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ …

In समाज
१७ चैत्र २०७६, सोमबार १९:१८

माहाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए।

‘तीन जना पुरूष पौडी खेलेर नेपाल आएका रहेछन्। उनीहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ,’ प्रजिअ पौडेलले सेतोपाटीसँग भने, ‘उनीहरूलाई दार्चुला सदरमुकाममा रहेको क्वारेन्टाइनमा राख्छौं।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले दार्चुलाका रमेश विष्ट, बैतडीका इन्द्रसिंह खाँती र धनबहादुर धामी महाकालीमा हेलिएर नेपाल आइपुगेको बताए।