
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न बाबु छोरालाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले सोमबार अपरान्ह २:३० बजे वीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना.५७प नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेका अवस्थामा बाबुछोरालाई श्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १२ लाख ४ हजार ५ सय नेपाली रूपैयाँ बरामद गरेको छ।