
रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपछि आज मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको आफन्त वसन्त थापाले बताए ।
कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल जङ्गलमा मृत्यु देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेको हो ।
आफन्त वसन्तसहित तीन जना आफन्त गाडी लिएर खोज्न जाँदा खातुङ्गको बाटोमुनि चप्पल र झोला देखिएको थियो ।
सोही स्थानमा खोजतलास गर्दा तल खोल्सामा मृत अवस्थामा शव भेटिएको प्रहरीको दाबी छ ।