512 views 0 secs 0 comments

डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक शाहीको मृत्यु…

In समाज
१४ आश्विन २०७६, मंगलवार १३:३२

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताउनुभयो । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उहाँले भन्न्नुभयो,“अहिले जिल्ला अस्पताल कालीकोटमा श’व परीक्षणको लागि लगिएको छ ।