
सर्लाही, गुल्मी, धनुषा र रुकुम-पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-७ शिश्वा पुलस्थित सडकमा बा.३५ प ५६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक हरिपुर नगरपालिका.६ लक्ष्मीपुर बस्ने १९ वर्षीय मुकेश चौधरीको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
गुल्मी दरबार गाउँपालिका.६ ढुंगेरीस्थित सडकमा लु।२७ प ७३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ८२ वर्षीय द्रोण नाथ कडेलको प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका.१ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याम्पोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय मिल्तीलाल यादवको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याम्पोको ठक्करबाट गम्भीर घाइते भएका उनको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याम्पो र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुकुम(पश्चिम), त्रिवेणी गाउँपालिका-२ स्थित खरी गैरा सामुदायिक बनमा बाटो खन्ने क्रममा जेसिबी भिरबाट अन्दाजी ९ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीका सहचालक दाङ गढवा गाउँपालिका-७ घर भएका २६ वर्षीय उत्तम कुमार चौधरीको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हाल फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौं, कीर्तिपुर नगरपालिका-९ पाँगा डेरा गरी बस्ने गुल्मी वस्तु गाउँपालिका-५ घर भएका ३८ वर्षीय वसन्त कुँवरको कोठाबाट नगद तथा सुनका गरगहना ३ तोला समेत गरी करिब २ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ गैरीगाउँ डेरा गरी बस्ने रामेछाप राहते नगरपालिका-९ घर भएका २९ वर्षीय विमल सुनुवारको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख २८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ भैसेपाटी बस्ने तिना भट्टराईको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।