
नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।
विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ ।