वीरगञ्ज । वीरगञ्जमाको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ ।
वीरगञ्ज–१६ को राधेमाई घर भएका यादव छुरा प्रहारबाट गम्भीर घाइते भएको प्रहरीले बताए। घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो , तर त्यहाँ उपचार हुन नसक्ने भएपछि गण्डक अस्पताल लगिएको छ ।
आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन ।