604 views 1 sec 0 comments

गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गयो…

In देश
१७ माघ २०७६, शुक्रबार १४:२९

गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ ।
गोरखा नगरपालिका १० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खड्काले जानकारी दिनुभयो ।
बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ‘ब्याक’ गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिप्परमा आगजनी गर्नुको साथै त्यहाँ रहेका अरु टिप्परमा पनि तोडफोड गरेका छन् ।
आक्राेशित स्थानीयले अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द नभएसम्म शव नउठाउने अडान लिएका छन् । अहिले वार्ताको प्रयास भैरहेको डीएसपी खड्काले बताउनु भयो ।