654 views 0 secs 0 comments

प्रमुख नाकाको रूपमा रहेको थानकोटबाट धेरै लागुऔुषध ओसारपसार…

In देश
३० श्रावण २०७६, बिहीबार १७:२९

उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔुषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५–०७६ मा लागुऔुषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔुषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउँछन् । “थानकोट प्रहरी अुवैधरूपमा ओसारपसार गरिएको लागुऔुषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उनी भन्छन् । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔुषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ प्रहरीले आव २०७५–०७६ मा मात्र लागुऔुषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५–०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मु’द्दा चलाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔुषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउँछन् ।
“छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔुषध उपत्यका भित्रिने गरेको छ”, उनी भन्छन् । लागुऔुषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔुषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ ।