765 views 0 secs 0 comments

पाकिस्तानको पेशावरस्थित कृषि तालिक केन्द्रमा अन्धाधुन्धा गोली चल्यो

In विश्व
१५ मंसिर २०७४, शुक्रबार १३:२२

मंसिर १५ – पाकिस्तानको पेशावरस्थित कृषि तालिम केन्द्रमा बन्दुकधारीले अन्धाधुन्धा गोली चलाएका छन् । घटनामा परि धेरैजना मानिसको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको व्यापक उपस्थिती रहेको छ । बन्दुक कस्ले चलाएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् । घटनाको कसैले पनि जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ । पेशाबर शहर अफगानस्थानको चरमपंथी संगठन तालिवानको निशानामा पर्दै आएको छ ।