520 views 0 secs 0 comments

एउटै चितामा दाहसंस्कार

In देश, समाज
२३ मंसिर २०७४, शनिबार १२:२४

एक दम्पतीको एउटै चितामा दाहसंस्कार भएको छ ।

विराटनगर को आयलनिगम कदमगाछीका ८९ बर्षीइ कृष्णबहादुर श्रेष्ठ र उनकी पत्नी जानकीको यसरी अन्त्योष्टि गरिएको हो ।

उनीहरुको १२ घन्टाको फरकमा निधन भएपछि शव संगै घाट लगिएको थियो ।

जानकीको बिहीबार साँझ ५ बजे अनि कृष्णबहादुरको शुक्रबार बिहान ५ बजे निधन भएको थियो ।

स्थानीय जयकुमार श्रेष्ठका अनुसार जानकीको निधनपछि छरछिमेकी र परिवारका सदस्य राभतर शव रुँगेर बसेका थिए ।

विहान कृष्णबहादुरको पनि निधन भएपछि संगै शव परोपकार घाट लगी एउटै चितामा अन्त्योष्टि गर्ने योनजा बनेका थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।