
२४ कार्तिक , काठमाण्डौ ।
मुगुमा सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारानगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएकोजानकारी दिए।उनी मृतकका नातेदार समेत हुन्।