चिया बगानमा बालिका बलात्कार गर्ने पक्राउ : झापा

In बलात्कार
२४ कार्तिक २०८०, शुक्रबार १२:४८

२४ कार्तिक , काठमाण्डौं

झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मेचीनगर नगरपालिका सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो।

उनले सोही नगरपालिका टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाईपक्राउ गरिएको प्रहरीले जनाएको छ।