बलात्कार गरि बालिकाको हत्या गर्ने युवक

In बलात्कार, हत्या
१२ मंसिर २०८०, मंगलवार ११:२५

१२ मंसिर, काठमाडौँ।

किशोरीलाई जबरजस्तीकरणी गरि हत्या गर्ने २३ वर्षीय रहिस खाँ   पुर्पक्षका लागि जेल चलान भएका छन्।

गत कार्तिक १६ गते जिल्लाको चन्द्रकोट गाउंपालिका ४ सान्तिपुरकी १५ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरी हत्या बाँकेको खजुरा घर भएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन्।

मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि जिल्ला कारगार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दीए। खाँमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा  दर्ता भएको थियो।

कार्तिक १६ गते खेतबाट खेतालालाई सुर्ती लिन  भनि हिँडेकी किशोरी १७ गते अर्धनग्न  अवस्थामा हुग्दी खोलामा मृत फेला परेकी थिइन्।