शसस्त्र युद्ध र पारीवारीक ब्यवस्थापनको तालमेल मिलाउने चुनौतीका बावजुद प्रचण्डले जुक्ति निकालेः सानै उमेर भएपनी जेठी छोरीको विवाह गरिदिने ।
छोरी दिएपछि माओवादी एक बरिष्ठ नेताका अनुसार प्रचण्डले सागरलाई जेठो छोराका रुपमा परिचित गराउँथे ।
सागरको छरछिमेकमै उनी प्रचण्डका ज्वाइँ हुन् भन्ने थाहा थिएन । युद्धका महारथि प्रचण्डको एक वक्तव्यले देश ठप्प हुन्थ्यो तर, सागर नै उनै प्रचण्डका ज्वाइँ थिए भन्ने पत्तो थिएन ।
भूमीगतकालमा मात्र होइन, शान्ति प्रक्रियामा आएको डेड दशकसम्म पनि सागर गुपचुप छन् आमरुपमा । तर, माओवादी युद्धकालदेखि नै सागर माओवादी र प्रचण्ड पारिवारको अविचलित सहयात्री रहँदै आएका छन् ।
सागरसँगै एउटै कमिटीमा लामो समय काम गरेका माओवादी नेता भन्छन्, ‘अध्यक्षको ज्वाइँ हुँ भन्ने भावनामा उहाँमा कहिल्यै देखिएन । दिएको जिम्मेवारी पूरा गर्ने तर पदमाथि दाबी नगर्ने उहाँको स्वभाव छ । आफ्नै सहकर्मी नै प्रचण्डको ज्वाइँ हो भन्ने धेरैलाई पत्तो हुँदैनथ्यो । थाहा पाएपछि उहाँको सरलता देखेर अचम्मित हुन्थे साथीहरु ।
सागर र प्रचण्डको नियती उस्तै
प्रचण्डले जस्तै ज्वाइँ सागरलाई पनि जेठी छोरीको बिहे सानैमा गराइदिनुपर्ने परिबन्ध आइलाग्यो । प्रचण्डकी जेठी छोरी ज्ञानु स्वभावले सरल र मायालु थिइन् । परिवारमा ठाकठुक पर्दा पनि मिलाइदिने माध्यम बन्थिन उनी । राजनीतिक परिवारकी जेठी सन्तान भइकनपनि उनी राजनीतिक चार्तुयता र जोडघटाउमा ज्ञानुले छोरीहरुको चिन्ता लिन्थिन् । ज्ञानु बिरामी भएकै कारण जेठी छोरी सृष्टिको तुलनात्मकरुपमा सानै उमेरमा विवाह गरिदिए सागरले ।
पत्नीशोकमा परेका सागरलाई पुत्रीशोकले थिचिएका प्रचण्ड सम्झाउने गर्थेः ज्ञानु नभएपनि हामी तपाईको साथमा छौँ, सम्हालिने प्रयास गर्नु । सागरका लागि भाइसरह थिए साला प्रकाश । दिदी ज्ञानुसँग खुब रमाउँथे प्रकाश । कोख आमाको भएपनि ज्ञानुकैे काखमा हुर्केका थिए प्रकाश ।
पुत्रीशोकको २ बर्ष नबित्दै प्रचण्डको परिवारमा अर्को महाविपत्ति आइलाग्यो । सहयोगी र अंगरक्षकका रुपमा रातदिन समर्पित छोरा प्रकाशको आकस्मिक हृदयघातका कारण निधन भयो । भातृशोकमा परेका सागर पुत्र शोकमा परेका प्रचण्डलाई ढाडस दिन्छन्ः प्रकाशको अभाव हुन नदिन कुनै कसुर बाँकी राख्ने छैनौँ ।