1005 views 0 secs 0 comments

फेनारगन ६५ एम्पुल, डाइजेपाम ६५ एम्पुल र नुर्फिन लागुऔषध सहित पक्राउ ….

In Uncategorized
१९ श्रावण २०७६, आईतवार १०:०१

प्रहरीले काठमाडौँको थानकोट नाकाबाट दैनिकजसो लागुऔषध बरामद गरी कारोवारीलाई पक्राउ गर्दै आएको छ।

काठमाडौँ उपत्यकाका अन्य नाकाबाटसमेत लागुऔषध भित्रिने गरे पनि प्रहरीले अन्य क्षेत्रमा प्रभावकारीरुपमा जाँच गर्न सकेको छैन।हेटौँडाबाट काठमाडाैँ भित्रिने नाका फरपिङबाट लागुऔषध भित्रिने गरेको पाइएको छ। त्यसैले सो क्षेत्रमासमेत प्रहरीले कडाइ गर्न शुरु गरेको छ।

इलाका प्रहरी कार्यालय फर्पिङले अस्थायी जाँचचौकी राखेर बिहीबार खोजी अभियान चलाउँदा वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना १ ज ५८७५ नं को टाटासुमोमा सवार यात्रु लागुऔषधसहित पक्राउ परेका छन्।

उक्त टाटासुमोमा सवार सर्लाहीको बलरा नगरपालिका–१ घर भई पर्साको वीरगञ्ज बस्दै आएका रमेश कापर लागुऔषधसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनको साथबाट फेनारगन ६५ एम्पुल, डाइजेपाम ६५ एम्पुल र नुर्फिन फेला परेको छ।