772 views 0 secs 0 comments

१ सय ४० किलो चरेशसहित ५ जना पक्राउ

In Uncategorized, समाज
१९ माघ २०७४, शुक्रबार ११:५३

धादिङको गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको सो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको गजुरी प्रहरीले जनाएको छ ।