मुम्बई । बलिवुड अभिनेता संजय दत्तलाई अदालतले ठुलो राहत दिएको छ ।
८ महिना अघि जेलबाट रिहा भएका दत्तलाई महाराष्ट्र राज्य सरकारले दिएको चुनौतीलाई मुम्बई उच्च अदालतले खारेज गरेको छ ।
महाराष्ट्र सरकारले दत्तले जेलको समयमा पटक पटक पेरोलमा बाहिर आएको र सजाय तोकिएको समयभन्दा छिटो बाहिर आएको विषय नियम विपरित भएको भन्दै अपिल दायर गरेको थियो । राज्य सरकारले संजय दत्तलाई छिटो रिहा गर्नेगरी जेलमा रहदा कुनै त्यस्तो काम नगरेको उल्लेख गरेको थियो ।
सन् १९९३ मा मुम्बईमा भएको बम ब्लाष्टमा दत्तले हतियार राखेको आरोपमा जेल सजाय काटेर ८ महिना अगाडी नै बाहिर आएका थिए ।