633 views 0 secs 0 comments

भोट नदिएको विषयमा रौतहटमा झडप, एकको मृत्यु

In देश, शिक्षा
२४ मंसिर २०७४, आईतवार १३:०४

गौर, रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ।

चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डको बालचनपुरमा चक्काजाम गरेका छन्।

साँझदेखि भएको चक्काजामले गर्दा गौर चन्द्रपुर सडकखण्डको यातायात ठप्प भएको छ। भोट नदिएका कारण योजना बनाएर यसरी ठाकुरलाई मारिएको स्थानीय बासिन्दाले बताएका छन्।रासस