657 views 0 secs 0 comments

सल्यानमा बस दुर्घटना, १९ जना घाइते

In देश, समाज
९ मंसिर २०७४, शनिबार ११:०४

सल्यानको बरलामा बस दुर्घटना भएको छ।

बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए।

सलामीका अनुसार दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। दाङको तुलसीपुर निवासी ४६ वर्षीय हेमराज गिरी, सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ निवासी १७ वर्षीय केशव महतरा र रोल्पा सुकीदह निवासी ३९ वर्षीया रेखा विक गम्भीर घाइते भएका छन्।

घाइते सबैको सल्यानको श्रीनगरमा उपचार भइरहेको प्रहरी निरीक्षक चलाउनेले जानकारी दिए । बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।