
सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एअरको जहाज दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी ३ जना घाईते भएका छन्।
घाईतलाई उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीले जनाएको छ।
आज बिहान सवा ९ बजेतिर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयर एन. ए. एम. एच. विमान ठेक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।