882 views 0 secs 0 comments

पुल भासीए पछी गाडी चलाउन बन्द…

In Uncategorized, समाज
१७ भाद्र २०७५, आईतवार १२:२८

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ ।

 कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ ।

अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ । 

पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् ।