
कार्तिक १ काठमाडौँ । राजविराज — सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाहरुले दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् ।
वडा नम्बर ६ को पोखरी ठेक्कासम्बन्धी विवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका स्थानीय बासिन्दाहरु पालिका घेराउ गरेर टायर बाल्दै आन्दोलन सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको छ । सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो
संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टेलिफोन सम्पर्कमा आएका नगर प्रमुख मलाहले आफू कार्यालयभित्र नै रहेको र असन्तुष्टसँग वार्ता गरिएको प्रतिक्रिया जनाए । बुधबार साँझ ७ बजेसम्म स्थानीयहरु पालिका अगाडि बसिरहेका छन् ।