430 views 0 secs 0 comments

प्लास्टिक उद्योगमा आगलागी…

In समाज
२२ माघ २०७६, बुधबार १५:३०

वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा अग्नी नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।