632 views 0 secs 0 comments

पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु…

In समाज
४ आश्विन २०७६, शनिबार १८:२४

पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी रहेका छन्।
शनिबार पाल्पाको सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको ग २ च २७१७ नम्बरको पिकअप जीप गाउँपालिकाको वडा नं ६ अरखोरमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका रेश्मीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।
जीपमा तीन जना सवार रहेकोमा दुई जना सकुशल रहेका छन्। जीप आफैं अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडी चालक भने प्रहरी नियन्त्रणमा रहेका छन्।